काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै मन्त्रिपरिषद्मा पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी छिन् । उनीहरूले पदभार समेत समालिसकेका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने चर्चाका बिच, कास्कीको पोखरामा स्थायी घर भएका अमृत देवकोटाको पनि  नाम पनि चर्चामा आएको छ । 
देवकोटा सामाजिक पृष्ठभूमिबाट उदाएका युवा अभियन्ता हुन्।  सात प्रदेश र सतहत्तर जिल्लामा सञ्जाल रहेको  “जेन जी” उमेर समूहकै  दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालका संस्थापकका रूपमा उनले युवाको स्वरलाई राष्ट्रिय एजेन्डामा उतार्ने अभियान चलाएका थिए । युवा संसद्, जलवायु न्याय लगायत विभिन्न विषयमा प्रशिक्षकको रूपमा काम गरेका छन् । राष्ट्रियहुदै अन्तर्राष्ट्रिय सङ्घ(संस्थासम्म अनुभव हासिल गर्दै, उनले बाल अधिकार, युवा अधिकार र वातावरणीय अधिकारका आवाजलाई निरन्तर गुन्जाइरहेका छन्। देवकोटा  आइडियाज नामक थिङ्क ट्याङ्कका समेत संस्थापक रहेका छन् ।

वातावरण विज्ञान र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका देवकोटा “जेन जी” को आकाङ्क्षा बुझ्न सक्ने अनुहारका रूपमा हेरिएका छन् । स्रोतका अनुसार, देवकोटा युवा तथा खेलकुद मन्त्रालय सँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वा बन, वातावरणसँगै खानेपानी मन्त्रालयमध्ये कुनै एक सम्हाल्ने गरी सरकारमा प्रवेश गर्न सक्ने सम्भावना छ। यद्यपि, अन्तिम निर्णय भने अझै बाँकी छ।